कारोबार रकम बढ्दा पाँच कम्पनीमा लाग्यो सर्किट

<p>काठमाडौं । बुधबारको सेयर बजारमा कारोबार रकम बढेको छ । मंगलबार एक अर्ब ८६ करोडको कारोबार भएको बजारमा बुधबार भने २ अर्ब ३ करोड बढीको सेयर किनबेच भएको छ । कारोबारमा आएका ३०८ स्क्रीप्समध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १२ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो [&hellip;]</p>

काठमाडौं । बुधबारको सेयर बजारमा कारोबार रकम बढेको छ । मंगलबार एक अर्ब ८६ करोडको कारोबार भएको बजारमा बुधबार भने २ अर्ब ३ करोड बढीको सेयर किनबेच भएको छ ।

कारोबारमा आएका ३०८ स्क्रीप्समध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन १२ करोड ६९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । जसको सेयर मूल्य पनि बढेर प्रतिकित्ता ४५८.५० रुपैयाँ पुगेको छ ।

त्यस्तै, बढी कारोबार गर्नेको दोश्रोमा हिमालयन रि इन्स्योरेन्स र तेश्रोमा बोटलर्स नेपाल (तराई) रहेका छन् ।

बजारमा कारोबार रकम बढेपनि नेप्से परिसूचक भने घटेको छ । परिसूचक ०.८७ अंक अर्थात ०.०४ प्रतिशतले घटेर २०००.७७ बिन्दुमा अडिएको छ ।

तीव्र उतारचढाव देखिएको बजारमा ५ कम्पनीको सेयर सर्किट लेभलमा किनबेच भएको छ । विशाल बजार कम्पनी, बोटलर्स नेपाल (बालाजु) र बोटलर्स नेपाल (तराई) को सेयर मूल्य १० प्रतिशतले बढेको छ । त्यस्तै, बीपीडब्लु लघुवित्त वित्तीय संस्थाको ९.९९ प्रतिशत र चिर्ख्वा हाइड्रोपावरको सेयर मूल्य ९.६४ प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १२६९ र ६६१ रुपैयाँ पुगेको छ ।

यता टप लुजरको शीर्ष स्थानमा सामलिङ पावर कम्पनी रहेको छ । जसको सेयर मूल्य ६.६६ प्रतिशतले घटेर ६१७ रुपैयाँमा झरेको छ ।

१३ वटा समूह कारोबार आएको बजारमा ६ वटा समूह हरिया देखिएका छन् भने बाँकी ७ वटा समूह राताम्मे देखिएका छन् ।

Share News