काठमाडौं । सेयर बजारमा ब्रोकर व्यवसाय गर्दै आएको सिप्ला सेक्युरिटिज निलम्बनमा परेको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) ले काठमाडौंको ज्ञानेश्वरमा रहेको उक्त सेक्युरिटिजलाई तोकिएको समयभित्र राफसाफ तथा फछ्यौट् नगरेको भन्दै निलम्बन गरेको हो ।
सिडिएस एण्ड क्लियरिङ्ग (सीडीएस)ले निलम्बन गर्न सिफारिश गरेसँगै नेप्सेले उक्त कम्पनीलाई तीन कार्य दिनको लागि निलम्बन गरेको हो ।
फागुन १४ गते निलम्बनमा परको उक्त सेक्युरिटिजले फागुन १६ गतेसम्म कार्य गर्न नपाउने भएको छ ।