सरकारको ३१ अर्ब रुपैयाँको विकास ऋणपत्र सूचीकृत, ब्याजदर कति ?

<p>काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको ३१ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका सो रकम बराबरको विभिन्न ४ वटा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो । नेप्सेमा ७ अर्ब रुपैयाँको २०८८ ‘च’ नामक विकास ऋणपत्र सूचीकृत भएको छ । ८ वर्षे अवधि रहेको [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल सरकारको ३१ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र सूचीकृत भएको छ । सरकारको तर्फबाट नेपाल राष्ट्र बैंकले निष्काशन गरेका सो रकम बराबरको विभिन्न ४ वटा ऋणपत्र नेप्सेमा सूचीकृत भएको हो ।

नेप्सेमा ७ अर्ब रुपैयाँको २०८८ ‘च’ नामक विकास ऋणपत्र सूचीकृत भएको छ । ८ वर्षे अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर ६ प्रतिशत रहेको छ । गत मंसिर २० गते निष्काशन भएको यो ऋणपत्रको भुक्तानी २०८८ मंसिर २० गते हुने छ ।

त्यस्तै, ७ अर्ब रुपैयाँको २०८५ ‘ट’ नामक विकास ऋणपत्र सूचीकृत भएको हो । उक्त ऋणपत्रको अवधि ५ वर्ष रहेको छ भने ब्याजदर ५.५६ प्रतिशत रहेको छ । यो ऋणपत्र गत पुस ६ गते निष्काशन भएको हो ।

त्यसैगरी, ७ अर्ब रुपैयाँ बराबरको अर्को अर्थात २०८८ ‘छ’ नामको विकास ऋणपत्र नेप्सेमा सूचीकृत भएको छ । जसको ब्याजदर ५.९६ प्रतिशत रहेको छ । ८ वर्षे अवधि रहेको यस विकास ऋणपत्रको भुक्तानी २०८८ पुस २३ गते हुने छ ।

विभिन्न ४ वटा ऋणपत्रमध्ये नेप्सेमा सबैभन्दा बढी अर्थात १० अर्ब रुपैयाँ बराबरको २०८५ ‘ठ’ नामको विकास ऋणपत्र सूचीकृत भएका छन् । ५ वर्षे अवधि रहेको उक्त ऋणपत्रको ब्याजदर ५.८४ प्रतिशत रहेको छ । गत माघ १२ गते निष्काशन भएको यो ऋणपत्रको भुक्तानी २०८५ माघ १२ गते हुने जनाइएको छ ।

Share News