सर्वोत्तम सिमेन्टको आईपीओ : पहिलो दिनमै मागभन्दा बढी आवेदन, कतिले भरे सेयर ?

<p>काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरीङ (सीडीएससी)का अनुसार आइतबार नै करिब तीन गुणा बढी आवेदन परेको हो । सीडीएससीका अनुसार आइतबार साँझसम्ममा एक लाख ५६ हजार २०७ जनाले तीन अर्ब १२ करोड बढीको ८६ लाख ६० हजार ६४० कित्ता सेयरको लागि आवेदन दिएका छन् । [&hellip;]</p>

काठमाडौं । सर्वोत्तम सिमेन्टको आईपीओमा पहिलो दिन नै मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरीङ (सीडीएससी)का अनुसार आइतबार नै करिब तीन गुणा बढी आवेदन परेको हो ।

सीडीएससीका अनुसार आइतबार साँझसम्ममा एक लाख ५६ हजार २०७ जनाले तीन अर्ब १२ करोड बढीको ८६ लाख ६० हजार ६४० कित्ता सेयरको लागि आवेदन दिएका छन् ।

कम्पनीले फागुन १३ गतेदेखि सर्वसाधारणमा कुल २७ लाख ७६ हजार ७६ कित्ता सेयरको निष्काशन तथा बिक्री खुला गरेको हो । कम्पनीले स्थानिय बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा आवेदन नपरेको ६ लाख ८१ हजार ५३० कित्तासहित सो मात्राको सेयर बिक्रीमा राखेको हो ।

उक्त सेयर किन्नको लागि लगानीकर्ताले प्रतिकित्ता ३६०.९० रुपैयाँका दरले आवेदन दिनुपर्ने व्यवस्था छ । फागुन १६ गतेसम्म निष्काशन हुने उक्त सेयरमा लगानीकर्ताले न्यूनतम ५० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र सीडीएससीको सफ्टवेयर मेरोसेयर अनलाइन प्रयोग गरी आवेदन दिन सक्नेछन् ।

कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ भने सह निष्काशन तथा बिक्री प्रबन्धकमा एनआईएमबि एस क्यापिटल र प्रभु क्यापिटल रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले कम्पनीलाई इक्राएनपी इस्यूअर रेटिङ्ग त्रिपल बी प्रदान गरेको छ। जसले समयमा नै सुरक्षित रुपले वित्तीय दायित्व बहन गर्न मध्यम स्तरको क्षमता रहेको कम्पनी भन्ने बुझिन्छ ।

Share News