ब्याजदर बढ्ने हल्लाले घट्यो बिहीबारको बजार, कारोबार तीन अर्बमाथि

<p>काठमाडौं । बिहीबारको पनि सेयर बजार २० अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २०.१६ अंकले घटेर २००५.८३ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.०२ प्रतिशतले घटी हो । बिहीबार कारोबार खुलेदेखि उतारचढाव देखिएको परिसूचक पछिल्लो एक घण्टामा भने उच्च दरले घटेको देखिन्छ । गत सातादेखि निरन्तर घट्दै आएको बजार बिहीबार [&hellip;]</p>

काठमाडौं । बिहीबारको पनि सेयर बजार २० अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २०.१६ अंकले घटेर २००५.८३ बिन्दुमा झरेको हो । जुन अघिल्लो दिनको तुलनामा १.०२ प्रतिशतले घटी हो ।

बिहीबार कारोबार खुलेदेखि उतारचढाव देखिएको परिसूचक पछिल्लो एक घण्टामा भने उच्च दरले घटेको देखिन्छ । गत सातादेखि निरन्तर घट्दै आएको बजार बिहीबार भने बैंकहरुको ब्याजदर बढ्ने हल्लाले बढेको जानकारहरु बताउँछन् । नेपाल राष्ट्र बैंकले बिहीबार जारी गरेको एकीकृत निर्देशनअनुसार चैत एक गतेदेखि संस्थागत निक्षेपकर्ताको ब्याज बढ्ने सक्ने भएसँगै त्यसको प्रभाव सेयर बजारमा परेको उनीहरु बताउँछन् ।

कारोबारमा आएका १३ वटा समूहमध्ये निर्जीवन बीमा समूह सर्वाधिक अर्थात १५३.८२ अंकले घटेको छ । त्यसपछि जीवन बीमाको १०९.३६, होटल्स एण्ड टुरिजमको ७७.३८, हाइड्रोपावरको ४९.७८ अंकले लगायत अन्य समूहहरु ७ समूहहरु घटेका छन् । उत्पादनमूलकसमूह भने ६७.५४ अंक र फाइनान्स समूह ६.०९ अंकले बढेका छन् ।

बुधबारको तुलनामा भने बिहीबारको कारोबार रकम भने बढेको छ । अघिल्लो दिन २ अर्ब बराबरको कारोबार भएको बजारमा बिहीबार भने ३ अर्ब २० करोड बढीको सेयर किनबेच भएको छ ।

त्यस्तै, बजारमा तीन कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । समाज लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको ९.८७ प्रतिशत र सामलिङ पावर कम्पनीको सेयर मूल्य ९.८५ प्रतिशतले बढेको छ ।

टप लुजरको शीर्ष स्थानमा हिमालयन उर्जा विकास कम्पनी रहेको छ । जसको सेयर मूल्य ७.६० प्रतिशतले घटेर प्रतिकित्ता ३१० रुपैयाँमा झरेको छ ।

Share News