काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से) मा एकैदिन एक करोड बढी कित्ता सेयर सूचीकृत भएको छ । बिहीबार एकैदिन घलेम्दी हाइड्रोपावर र मितेरी डेभलपमेन्ट बैंकको हकप्रद र बोनस गरी सो मात्राको सेयर सूचीकृत भएको हो ।
जसमध्ये सबैभन्दा बढी घलेम्दी हाइड्रोको रहेको छ । हाइड्रोको २०० कित्ता अर्थात एक करोड १० लाख कित्ता हकप्रद सेयर सूचीकृत भएको छ ।
त्यस्तै, मितेरी डेभलपमेन्टको ९.५० प्रतिशत अर्थात ९ लाख ६४ हजार २५१ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।