थामिएन सेयर बजारको गिरावट, २ अर्ब २४ करोडमा खुम्चियो कारोबार

<p>काठमाडौं । बुधबार पनि सेयर बजार घट्नबाट थामिएन । गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक बुधबार पनि ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको छ । परिसूचकसँगै कारोबार रकम पनि घट्ने क्रम रोकिएको छैन । मंगलबारको तुलनामा बुधबार एकैदिन ८७ करोडले सेयर कारोबार घटेको छ । अघिल्लो दिन ३ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार २ [&hellip;]</p>

काठमाडौं । बुधबार पनि सेयर बजार घट्नबाट थामिएन । गत सातादेखि निरन्तर घटेको नेप्से परिसूचक बुधबार पनि ६.४६ अंकले घटेर २०२६.५९ बिन्दुमा झरेको छ ।

परिसूचकसँगै कारोबार रकम पनि घट्ने क्रम रोकिएको छैन । मंगलबारको तुलनामा बुधबार एकैदिन ८७ करोडले सेयर कारोबार घटेको छ । अघिल्लो दिन ३ अर्ब माथिको कारोबार भएको बजारमा बुधबार २ अर्ब २४ करोडको मात्रै सेयर किनबेच भएको छ ।

विगतका दिनजस्तै, बुधबार पनि सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा हिमालयन रि इन्स्योरेन्स रहेको छ । जसको एकैदिन ११ करोड १२ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

घट्दो बजारमा पनि चार कम्पनीको सेयर मूल्य सर्किट लेभलमा कारोबार भएको छ । बोटलर्स नेपाल (बालाजु), हिमालय उर्जा विकास कम्पनी, समाज लघुवित्त वित्तीय संस्था र बोटलर्स नेपाल (तराई)को सेयर मूल्य १० प्रतिशतले घटेको छ ।

बुधबार ५६ कम्पनीको सेयर मूल्य बढेको छ भने १९० कम्पनीको सेयर मूल्य घटेको छ । बाँकी दुई कम्पनीको सेयर मूल्य भने स्थीर रहेको छ ।

त्यस्तै, बजारमा उत्पादनमूलक बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक समूह पनि सामान्य अर्थात २.८४ प्रतिशतले बढेको छ ।

Share News