८ महिनापछि सञ्चालनमा आयो राधी साना जलविद्युत आयोजना

<p>काठमाडौं । विगत ८ महिनादेखि बन्द रहेको राधी साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २२ गतेबाट बन्द भएको उक्त आयोजना फागुन ६ गतेबाट पुनः सञ्चालनमा आएको हो । राधी विद्युत कम्पनीद्धारा प्रवद्र्धित ४.४ मेगावाटको उक्त आयोजनामा गत असारबाट अविरल रुपमा भइरहेको वर्षाका कारणले राधी खोलामा बाढी र पहिरो आएको थियो । [&hellip;]</p>

काठमाडौं । विगत ८ महिनादेखि बन्द रहेको राधी साना जलविद्युत आयोजना पुनः सञ्चालनमा आएको छ । गत असार २२ गतेबाट बन्द भएको उक्त आयोजना फागुन ६ गतेबाट पुनः सञ्चालनमा आएको हो ।

राधी विद्युत कम्पनीद्धारा प्रवद्र्धित ४.४ मेगावाटको उक्त आयोजनामा गत असारबाट अविरल रुपमा भइरहेको वर्षाका कारणले राधी खोलामा बाढी र पहिरो आएको थियो । जसकाकारण राधी साना जलविद्युत आयोजनाको हेडवर्कस् र हेडरेस पाइपमा क्षति पुगेको र काबु बाहिरको परिस्थिति सिर्जना भएकोले उक्त आयोजना उत्पादन बन्द भएको थियो ।

जसको समाधान भएससँगै उक्त आयोजनाबाट फागुन ६ गते दिउँसो ४ बजेबाट पुनः उत्पादन सुरु भएको छ ।

Share News