परिसूचक र कारोबार रकम दुबै घट्दा दुई कम्पनीमा लाग्यो सकारात्मक सर्किट

<p>काठमाडौं । आइतबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । बजारमा परिसूचक २७.२१ अंक र कारोबार रकम ९ करोड रुपैयाँले घटेको छ । आइतबार कारोबार खुलेदेखि नै परिसूचक निरन्तर रुपमा घटेको छ । परिसूचक गत बिहीबारको तुलनामा २७.२१ अंक अर्थात १.३१ प्रतिशतले घटेर २०३४.८२ बिन्दुमा झरेको छ । त्यस्तै, गत बिहीबार ३ [&hellip;]</p>

काठमाडौं । आइतबारको बजारमा नेप्से परिसूचक र कारोबार रकम दुबै घटेको छ । बजारमा परिसूचक २७.२१ अंक र कारोबार रकम ९ करोड रुपैयाँले घटेको छ ।

आइतबार कारोबार खुलेदेखि नै परिसूचक निरन्तर रुपमा घटेको छ । परिसूचक गत बिहीबारको तुलनामा २७.२१ अंक अर्थात १.३१ प्रतिशतले घटेर २०३४.८२ बिन्दुमा झरेको छ ।

त्यस्तै, गत बिहीबार ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको कारोबार भएको बजारमा आइतबार ३ अर्ब ७७ करोडमा सीमित भएको छ । आइतबार कारोबारमा आएका कम्पनीहरुमध्ये हिमालयन रि इन्स्योरेन्सकै सर्वाधिक कारोबार भएको छ । जसको एकैदिन ४० करोड ९० लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सेयर मूल्य भने घटेर प्रतिकित्ता ६४५.१० रुपैयाँमा झरेको छ ।

दोहोरो अंकले घटेको बजारमा पनि दुई कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । बजारमा बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता १० हजार दुई सय ४२ रुपैयाँ र एक हजार छ सय ३५ रुपैयाँ पुगेको छ ।

बजारमा अधिकांश कम्पनीको सेयर मूल्य घटेको छ । दिनभरमा २२५ कम्पनीको सेयर मूल्य घटेको छ, २१ कम्पनीको बढेको छ भने २ कम्पनीको सेयर मूल्य स्थीर छ ।

आइतबार कारोबारमा आएका सबै अर्थात १३ वटै समूह राताम्मे देखिएका छन् ।

Share News