दोहोरो अंकले घटेको बजारमा उत्पादनमूलक बाहेक सबै समूह राताम्मे, ४ अर्बको पनि भएन कारोबार

<p>काठमाडौं । साताको अन्तिम कारोबार अर्थात बिहीबारको बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको परिसूचक कारोबार बन्द हुँदा १४.४६ अंकले घटेर २०६२.०३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६९ प्रतिशतले घटी हो । घटेको बजारमा उत्पादनमूलक बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक समूह भने ९. १३ अंकले [&hellip;]</p>

काठमाडौं । साताको अन्तिम कारोबार अर्थात बिहीबारको बजारमा नेप्से परिसूचक दोहोरो अंकले घटेको छ । दिनभर उतारचढाव देखिएको परिसूचक कारोबार बन्द हुँदा १४.४६ अंकले घटेर २०६२.०३ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.६९ प्रतिशतले घटी हो ।

घटेको बजारमा उत्पादनमूलक बाहेक बाँकी समूह राताम्मे देखिएका छन् । उत्पादनमूलक समूह भने ९. १३ अंकले बढेको छ ।

३०५ वटा स्क्रीप्स कारोबारमा आएको बजारमा ३ अर्ब ८६ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । दिनभर एक करोड १४ लाख ७ हजार कित्ता सेयर किनबेच भएका छन् । कारोबारमा आएका कम्पनीमध्ये सर्वाधिक कारोबार गर्नेको शीर्ष स्थानमा हिमालयन रि इन्स्योरेन्स अग्रस्थानमै छ । जसको एकैदिन २२ करोड ८५ लाख ७६ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने घटेर प्रतिकित्ता ६५५.७० रुपैयाँमा झरेको छ ।

घटेको बजारमा पनि दुई कम्पनीमा भने सर्किट लागेको छ । बोटलर्स नेपाल (बालाजु) र समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य १०/१० प्रतिशतले बढेर क्रमशः प्रतिकित्ता ९३११.८० र १४८६.६० रुपैयाँ पुगेको छ ।

Share News