बजार सामान्य बढ्दा तीन कम्पनीमा लाग्यो सर्किट, सर्वाधिक कारोबार गर्नेमा हिमालयन रिनै अगाडि

<p>काठमाडौं । साताको अन्तिम दिनको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२७ प्रतिशतले बढी हो । बढेको बजारमा १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको सेयर मूल्य घटेको छ । बढेकामध्ये तीन कम्पनीको सेयर मूल्यमा [&hellip;]</p>

काठमाडौं । साताको अन्तिम दिनको सेयर बजार सामान्य अंकले बढेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक ५.७४ अंकले बढेर २०९६.३८ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.२७ प्रतिशतले बढी हो ।

बढेको बजारमा १५७ कम्पनीको सेयर मूल्य बढेको छ भने ८२ कम्पनीको सेयर मूल्य घटेको छ । बढेकामध्ये तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । बिहीबार समाज लघुवित्त वित्तीय संस्था, बुद्धभुमि नेपाल हाइड्रोपावर कम्पनी र त्रिशुली जलविद्युत कम्पनीको सेयर मूल्य क्रमशः १०, ९.९९ र ९.८४ प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको हो ।

त्यस्तै, बजारमा विभिन्न कम्पनीको ३ अर्ब २१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसमध्ये हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । जसको दिनभरमा १८ करोड ८७ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । र, १० करोडमाथिको सेयर किनबेच गर्नेमा कम्पनी एक्लै छ । जसको सेयर मूल्य भने ७.१० रुपैयाँले घटेर प्रतिकित्ता ६८९ रुपैयाँमा झरेको छ ।

बजारमा सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्कीम ३ को इकाई मूल्य ९.९७ प्रतिशतले घटेर प्रतिइकाई ८.४९ रुपैयाँमा झरेको छ ।

बिहीबार बैंकिङ, जीवन बीमा, म्युचुअल फण्ड र अन्य समूह घटेका छन् भने बाँकी समूह बढेका छन् ।

Share News