बझाङको कालंगा हाइड्रोको सेयर प्रत्याभूतिकर्तामा ज्योति र एलएस क्यापिटल

<p>काठमाडौं । बझाङस्थित १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रोको साधारण सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल र लक्ष्मी सनराइज (एलएस) क्यापिटल नियुक्त भएका छन् । कम्पनीले ४९ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्नको लागि प्रत्याभूतिकर्तामा उक्त दुई क्यापिटललाई नियुक्त गरेको हो । हाल कम्पनीको जारी पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ । जसमध्ये ३५ प्रतिशत [&hellip;]</p>

काठमाडौं । बझाङस्थित १५.३३ मेगावाट क्षमताको आयोजना रहेको कालंगा हाइड्रोको साधारण सेयर प्रत्याभूतिकर्तामा ज्योति क्यापिटल र लक्ष्मी सनराइज (एलएस) क्यापिटल नियुक्त भएका छन् । कम्पनीले ४९ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्नको लागि प्रत्याभूतिकर्तामा उक्त दुई क्यापिटललाई नियुक्त गरेको हो ।

हाल कम्पनीको जारी पुँजी एक अर्ब ४० करोड रुपैयाँ छ । जसमध्ये ३५ प्रतिशत एक सय रुपैयाँको दरले ४९ करोड रुपैयाँ बराबरको सेयर निष्काशन गर्न लागेको हो ।

सेयर प्रत्याभूतिकर्तामा नियुक्त भएसँगै कूल ४९ करोड रुपैयाँमध्ये ३४ करोड ९० लाख रुपैयाँ ज्योति क्यापिटलले र १४ करोड १० लाख रुपैयाँ एलएस क्यापिटलले सेयर प्रत्याभूति गर्ने भएका छन् ।

साधारण सेयर प्रत्याभूति कार्यको लागि कम्पनीको तर्फबाट सञ्चालक तीर्थराज चटौत तथा प्रत्याभूतिकर्ताहरु ज्योति क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विकास ढकाल र एलएसको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजयलाल श्रेष्ठबीच त्रिपक्षीय सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।

कालंगा हाइडोले बझाङ जिल्लामा कालंगागाड जलविद्युत आयोजना (१५.३३ मे.वा)को निर्माण सम्पन्न गरेर राष्ट्रिय प्रसारण लाइनमा जोडी विद्युत वितरण समेत गरी आएको छ । निकट भविष्यमा आफ्नो आम्दानीबाट ऋण चुक्ता गरी साधारण सेयरधनीहरुलाई उचित प्रतिफल वितरण गर्ने योजना कम्पनीले लिएको छ ।

Share News