काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा साढे ९ अर्ब रुपैयाँको बोनस सेयर सूचीकृत भएको छ । राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०८०/८१को दोस्रो त्रैमाससम्म विभिन्न कम्पनीहरूको ९ अर्ब ५३ करोड रुपैयाँ बराबरको बोनस सेयर सूचीकृत भएको हो ।
६ महिनामा ६४ अर्ब ९५ करोड रुपैयाँ बराबरको आईपीओ सूचीकृत भएको छ भने ६ अर्ब १० करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ करोड रुपैयाँ बराबरको एफपीओ गरी कुल ८० अर्ब ६१ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका छन् ।
पुससम्म नेप्सेमा सूचीकृत ८ अर्ब १७ करोड सेयरको चुक्ता मूल्य ८ खर्ब ९ अर्ब ८३ करोड रुपैयाँ रहेको छ ।
समीक्षा अवधिमा नेपाल धितोपत्र बोर्डले ९ अर्ब ८० करोड रुपैयाँ बराबरको आईपीओ, ६ अर्ब २ करोड रुपैयाँ बराबरको डिबेन्चर, ५ अर्ब ४६ करोड रुपैयाँ बराबरको हकप्रद सेयर र ३ अर्ब ५० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड गरी कुल २४ अर्ब ७८ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्काशनका लागि अनुमति दिएको छ ।