लगानीकर्ताहरूको सम्पत्ति सवा दुई खर्ब बढ्यो

<p>काठमाडौं । एक वर्षमा लगानीकर्ताहरूको सम्पत्ति सवा दुई खर्बले बढेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुँजी बजारमा लगानीकर्ताहरूको सम्पत्ति पुस मसान्तसम्म २ खर्ब २७ अर्ब ५९ करोड रुपैयाँ बढेर ३३ खर्ब ३० अर्ब ७५ रुपैयाँ पुगेको हो । गत वर्षको पुसमा ३१ खर्ब ३ अर्ब १६ करोड रुपैयाँ बजार पुँजीकरण थियो । लगानीकर्ताहरूको सम्पत्ति [&hellip;]</p>

काठमाडौं । एक वर्षमा लगानीकर्ताहरूको सम्पत्ति सवा दुई खर्बले बढेको छ । राष्ट्र बैंकको तथ्याङ्क अनुसार पुँजी बजारमा लगानीकर्ताहरूको सम्पत्ति पुस मसान्तसम्म २ खर्ब २७ अर्ब ५९ करोड रुपैयाँ बढेर ३३ खर्ब ३० अर्ब ७५ रुपैयाँ पुगेको हो । गत वर्षको पुसमा ३१ खर्ब ३ अर्ब १६ करोड रुपैयाँ बजार पुँजीकरण थियो ।

लगानीकर्ताहरूको सम्पत्ति बढेको भएपनि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक भने २८.७७ प्रतिशत घटेर २ हजार १२०.६२ अंकमा झरेको छ । गत वर्षको पुसमा नेप्से सूचक २ हजार १४९.३९ अंकमा थियो ।

गत पुस मसान्तसम्म नेप्सेमा सूचीकृत कम्पनीहरूको संख्या २७१ पुगेको छ । जसमध्ये १३४ बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी रहेका छन् भने ९१ जलविद्युत् कम्पनी, २१ उत्पादन तथा प्रशोधन उद्योग, ७ होटल, ७ लगानी कम्पनी, ४ व्यापारिक संस्था र ७ अन्य समूहका रहेका छन् । २०७९ पुसमा सूचीकृत कम्पनीहरूको संख्या २४९ रहेको थियो ।

सूचीकृत कम्पनीहरूमध्ये बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको धितोपत्र बजार पुँंजीकरणको हिस्सा ५८.६ प्रतिशत रहेको छ । त्यसैगरी, जलविद्युत् कम्पनीको हिस्सा १५.३ प्रतिशत, लगानी कम्पनीको हिस्सा ७.७ प्रतिशत, उत्पादन तथा प्रशोधन उद्योगको हिस्सा ५.४ प्रतिशत, होटेलको हिस्सा ३.१ प्रतिशत, व्यापारिक संस्थाको हिस्सा ०.५ प्रतिशत तथा अन्य समूहका कम्पनीहरुको हिस्सा ९.५ प्रतिशत रहेको छ ।

Share News