आजसम्म सेयर खरिद गर्नेले रिडी पावरको हकप्रद सेयरमा आवेदन दिन पाउने

<p>काठमाडौं । रिडी पावर कम्पनीको आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद सेयरमा पनि आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) मिति माघ २२ गते तोकेको छ । त्यसैले आज माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् । कम्पनीले [&hellip;]</p>

काठमाडौं । रिडी पावर कम्पनीको आजसम्म सेयर खरिद गर्ने लगानीकर्ताले हकप्रद सेयरमा पनि आवेदन दिन पाउने छन् । कम्पनीले हकप्रद सेयर निष्काशन प्रयोजनार्थ सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) मिति माघ २२ गते तोकेको छ ।

त्यसैले आज माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।

कम्पनीले चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २ सय रुपैयाँ को १ः०.५० अनुपात अर्थात् ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्नेछ ।

कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ कित्ता बराबर ०.५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।

Share News