काठमाडौं । सगरमाथा जलविद्युत कम्पनीले चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा २२ प्रतिशत बढाएर ६ करोड ५९ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ४० लाख रुपैयाँ खुद नाफा गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको विद्युत बिक्री आम्दानी २.२६ प्रतिशत बढेर १६ करोड ३३ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड ९७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।
६ महिनामा कम्पनीको वित्तीय खर्च ८.६८ प्रतिशत बढेर ५ करोड ७६ लाख रुपैयाँ गरेको छ । गत वर्ष कम्पनीले ५ करोड ३० लाख रुपैयाँ वित्तीय खर्च गरेको थियो ।
समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी ९६ प्रतिशत बढेर १ अर्ब १२ करोड रुपैयाँ, रिटेन अर्निङ १०८.९० प्रतिशत बढेर १२ करोड ३५ लाख रुपैयाँ पुगेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ११.७७ रुपैयाँ छ भने नेटवर्थ प्रतिसेयर १११.०३ रुपैयाँ रहेको छ ।