ऋण घटाउँदै नाफा बढाउँदै माण्डु हाइड्रो, जगेडा कोषमा ३७ करोड रुपैयाँ

<p>काठमाडौं । माण्डु हाइड्रोपावरको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ११.७८ प्रतिशत बढेर १७ करोड ५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो । ६ महिनाको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४ प्रतिशत घटेर ४१ करोड ५२ लाख रुपैयाँ गरेको छ । [&hellip;]</p>

काठमाडौं । माण्डु हाइड्रोपावरको चालु आर्थिक वर्ष २०८०÷८१को दोस्रो त्रैमासमा खुद नाफा ११.७८ प्रतिशत बढेर १७ करोड ५ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले १५ करोड २६ लाख रुपैयाँ नाफा गरेको थियो ।

६ महिनाको अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ४ प्रतिशत घटेर ४१ करोड ५२ लाख रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ४३ करोड २७ लाख रुपैयाँ बिक्री आम्दानी गरेको थियो ।

पुस मसान्तसम्म कम्पनीको वित्तीय खर्च २३.२८ प्रतिशत घटेर १२ करोड ९ लाख रुपैयाँ गरेको छ । समीक्षा अवधिमा कम्पनीको चुक्ता पुँजी १३.६४ प्रतिशत बढेर १ अर्ब ३६ करोड रुपैयाँ, जगेडा कोष ४०.३२ प्रतिशत बढेर ३७ करोड १९ लाख रुपैयाँ पुगेको छ ।

कम्पनीको कर्जा तथा सापटी रकम २२.७६ प्रतिशत घटेर २ अर्ब १२ करोड रुपैयाँमा झरेको छ । साथै, कम्पनीको प्रतिसेयर आम्दानी २५.०२ रुपैयाँ रहेको छ भने नेटवर्थ प्रतिसेयर १३९.७९ रुपैयाँ रहेको छ ।

Share News