काठमाडौं । साताको अन्तिम कारोबारमा नेप्से परिसूचक ३० अंकले घटेको छ । दिनभर ओरालो लागेको उक्त परिसूचक ३०.९२ अंकले घटेर २०६७.०१ बिन्दुमा झरेको छ । जुन अघिल्लो दिनको तुलनामा १.४७ प्रतिशतले घटी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । दिनभरको कारोबार ४ अर्ब १८ करोड रुपैयाँमा सीमित भएको छ । जुन अघिल्लो दिनको तुलनामा एक अर्ब बढीले घटी हो ।
बजारमा फाइनान्स बाहेक सबै समूह राताम्मे देखिएका छन् । फाइनान्स समूह भने ३.७६ अंकले बढेको छ ।
घटेको बजारमा सामलिङ पावरको सेयर मूल्य सबैभन्दा बढी अर्थात ९.४२ प्रतिशतले घटेको छ । यस्तै, टप गेनरको शीर्ष स्थानमा समाज लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.१० प्रतिशतले बढेको छ ।