काठमाडौं । रिडी पावर कम्पनीले सेयरधनी दर्ता पुस्तिका (बुक क्लोज) मिति तय गरेको छ । कम्पनीले हकप्रद सेयर निष्काशन माघ २२ गते बुक क्लोज मिति तय गरेको हो ।
त्यसैले माघ २१ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कायम सेयरधनीहरूले कम्पनीको हकप्रद सेयरमा आवेदन दिन पाउने छन् ।
कम्पनीले चुक्ता पुँजी १ अर्ब ५४ करोड ८९ लाख १ हजार २ सय रुपैयाँ को १ः०.५० अनुपात अर्थात् ५० प्रतिशत हकप्रद सेयर बिक्री गर्नेछ ।
कम्पनीले प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्य दरका १ कित्ता बराबर ०.५० कित्ताको अनुपातमा ७७ लाख ४४ हजार ५०६ कित्ता हकप्रद सेयर निष्काशन गर्नेछ ।