काठमाडौं । आइतबारको सेयर बजार दोहोरो अंकले बढेको छ । दिनभर उतारचढाव देखिएको नेप्से परिसूचक १०.३७ अंकले बढेर २०९४.४६ बिन्दुमा पुगेको छ । जुन अघिल्लो कारोबारको तुलनामा ०.४९ प्रतिशतले बढी हो ।
बजारमा परिसूचकसँगै कारोबार रकम पनि बढेको छ । दिनभरमा ३ अर्ब ३५ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा हिमालयन रिइन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । इन्स्योरेन्सको एकैदिन ३३ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य भने घटेर प्रतिकित्ता ६४५ रुपैयाँमा झरेको छ ।
बढेको बजारमा तीन हाइड्रोमा सर्किट लागेको छ । आइतबार मिडसोलु हाइड्रोपावर, माथिल्लो मैलुनखोला जलविद्युत र सामलिङ पावर कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेर सर्किट लागेको हो । यससँगै यी तीन कम्पनीको अन्तिम कारोबार क्रमशः प्रतिकित्ता ७५६.९० रुपैयाँ, ४४१.१० रुपैयाँ र ५८६.१० रुपैयाँमा भएको छ ।
बजारमा टप लुजरको शीर्ष स्थानमा चन्द्रागिरि हिल्स रहेको छ । जसको सेयर मूल्य प्रतिकित्ता ९.८६ प्रतिशतले घटेर प्रतिकित्ता ९४२ रुपैयाँमा झरेको छ ।
आइतबार बैंकिङ, होटल्स एण्ड टुरिजम, उत्पादनमूलक र म्युचुअल फण्ड समूह ओरालो लागेका छन् भने बाँकी समूह बढेर हरिया देखिएका छन् ।