नेपाल पेमेन्ट सोलुशनले आईपीओ निष्काशन गर्ने, एलएस क्यापिटल बिक्री प्रबन्धक

<p>काठमाडौं । नेपाल पेमेन्ट सोलुशनले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल ) लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो । उक्त सम्झौतापत्रमा नेपाल पेमेन्ट सोल्युशनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले [&hellip;]</p>

काठमाडौं । नेपाल पेमेन्ट सोलुशनले आईपीओ निष्काशन गर्नको लागि बिक्री प्रबन्धक चयन गरेको छ । कम्पनीले लक्ष्मी सनराइज क्यापिटल (एलएस क्यापिटल ) लाई धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।

उक्त सम्झौतापत्रमा नेपाल पेमेन्ट सोल्युशनका तर्फबाट प्रमुख कार्यकारी अधिकृत लोक राज शर्मा तथा लक्ष्मी सनराइज क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठले हस्ताक्षर गरेका छन् । कम्पनीले प्रति सेयर १०० रूपैयाँ अंकित दरको ३,०५,६०० कित्ता साधारण शेयर सर्वसाधारणहरुमा निष्काशन गर्न लागेको हो ।

नेपाल पेमेन्ट सोल्युशन नेपाल राष्ट्र बैंकको भुक्तानी प्रणाली विभागद्वारा डोमेस्टीक क्लियरिङ र सेटलमेन्टको लागि इजाजतपत्र प्राप्त स्वचालित क्लियरिङ हाउस हो ।

Share News