
काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको संस्थापक सेयरको लक इन पिरियड फागुन १३ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको लघुवित्तले जनाएको छ ।
संस्थापक समूहको ६ लाख कित्ता र कर्मचारी समूहको ५ हजार कित्ता गरी कूल ६ लाख ५ हजार कित्ता सेयरको लक इन अवधि सकिन लागेको लघुवित्तको भनाइ छ । लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भई सोही मूल्यमा कारोबार सुरु हुनेछ ।
लघुवित्तका अनुसार बैक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ को परिच्छेद ३ को दफा ११ मा भएको व्यवस्था बमोजिम संस्थापक सेयरधनीको लकइन अवधि वि.सं २०८० असोज ३० गते समाप्त भएको थियो ।
नेपाल धितोपत्र बोर्डको निर्देशन बमोजिम आईपीओ बाँडफाँट गरिएको मितिदेखि ३ वर्षसम्म संस्थापक सेयरधनीहरूले धारण गरेको सेयर तथा कर्मचारीहरूलाई बाँडफाँड गरिएको सेयर लक इनमा राख्नु पर्ने व्यवस्था छ ।
लकइन समाप्त हुने सम्बन्धमा धितोपत्र बोर्डले १ महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि सूचीकृत कम्पनीहरुले यसलाई लागू गर्न थालेका हुन् ।
लघुवित्तले वि.सं २०७७ माघ ३० गतेदेखि फागुन ५ गतेसम्म सर्वसाधारण (कर्मचारीहरू समेत)लाई आईपीओ निष्काशन गरी फागुन १४ गते बाँडफाँट गरेको थियो ।