मिर्मिरे लघुवित्तले प्रस्ताव गरेको लाभांश रद्ध

<p>काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । माघ १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश रद्ध गर्ने निर्णय गरेको हो । गत पुस १३ गते बसेको संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ६६ करोड [&hellip;]</p>

काठमाडौं । मिर्मिरे लघुवित्त वित्तीय संस्थाको आर्थिक वर्ष २०७९/८० का लागि प्रस्ताव गरेको लाभांश रद्ध भएको छ । माघ १० गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश रद्ध गर्ने निर्णय गरेको हो ।

गत पुस १३ गते बसेको संस्थाको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट हाल कायम चुक्तापुँजी ६६ करोड ५७ लाख ६४ हजार २७२.४५ रुपैयाँको ६.३२ प्रतिशतले हुन आउने ४ करोड २० लाख ७६ हजार ३०२.०२ रुपैयाँ नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको थियो ।

नेपाल राष्ट्र बैंकको निर्देशनबमोजिम संस्थाले उक्त आर्थिक वर्षका लागि प्रस्तावित लाभांश रद्द गरेको हो ।

Share News