काठमाडौं । बुधबार सेयर बजार दोहोरो अंकले घटेको छ । बुधबार सेयर बजार १०.२५ अंकले घटेर परिसूचक २०८८.०४ बिन्दु कायम भएको हो ।
१ करोड १० लाख ४९ हजार ९४९ कित्ता सेयर खरिदबिक्रीबाट ३ अर्ब ८९ करोड रुपैयाँको कारोबार भएको छ ।बजार दोहोरो अंकले घट्दा ८० कम्पनीका लगानीकर्ताले कमाएका छन् भने १५३ कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।
बुधबार चन्द्रागिरी हिल्स र मिड सोलु हाईड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । केही दिनयता यी दुई कम्पनीको सेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । चन्द्रागिरिको सेयरमा मंगलबार पनि सकारात्मक सर्किट लागेको थियो ।
सोमबार चन्द्रागिरि हिल्स लिमिटेडको संस्थापक सेयर, स्थानीय बासिन्दा र कर्मचारीलाई बाँडफाँट भएको सेयरको ‘लक इन’ अवधि सकिएको थियो । त्यसपछि कम्पनीको सेयर नियमित बढिरहेको छ । कम्पनीका सबै संस्थापकको सेयर साधारण सेयरमा परिणत भएको हो । मिड सोलुको सेयर पछि पछिल्लो समय निरन्तर बढिरहेको छ ।