अरुण काबेलीले ७ महिनापछि पुनः शुरु गर्यो विद्युत उत्पादन

<p>काठमाडौं । अरुण काबेली पावरले सात महिना पछि पुनः विद्युत उत्पादन शुरु गरेको छ । गत जेठ ३२ गतेदेखि बन्द भएको काबेली बी १ जलविद्युत आयोजनाको विद्युत उत्पादन माघ १० गतेदेखि पुनः सञ्चालनमा आएको हो । पूर्वी नेपालमा आएको अविरल वर्षा र बाढीका कारण परियोजनाको विभिन्न संरचनाहरुमा क्षति भएकाले उक्त आयोजनाको विद्युत उत्पादन बन्द भएको [&hellip;]</p>

काठमाडौं । अरुण काबेली पावरले सात महिना पछि पुनः विद्युत उत्पादन शुरु गरेको छ । गत जेठ ३२ गतेदेखि बन्द भएको काबेली बी १ जलविद्युत आयोजनाको विद्युत उत्पादन माघ १० गतेदेखि पुनः सञ्चालनमा आएको हो ।

पूर्वी नेपालमा आएको अविरल वर्षा र बाढीका कारण परियोजनाको विभिन्न संरचनाहरुमा क्षति भएकाले उक्त आयोजनाको विद्युत उत्पादन बन्द भएको थियो ।

हाल सोको मर्मत तथा संभार भएकोले कम्पनीले पुनः सञ्चालनमा ल्याएको र विद्युत उत्पादन पुनः शुरु गर्न थालेको हो ।

कम्पनीले पाँचथर तथा ताप्लेजुङ्ग जिल्लाहरुको सिमाना भएर बहने काबेली नदीमा २५ मेगावाट क्षमताको काबेली बी १ जलविद्युत आयोजना निर्माण गरी सञ्चालन गर्दै आएको छ ।

Share News