आइतबार पनि सर्वाधिक कारोबार गर्नेमा हिमालयन रि अगाडि, चार कम्पनीमा लाग्यो सर्किट

<p>काठमाडौं । आइतबारको बजारमा पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । गत बिहीबार पनि सर्वाधिक कारोबार भएको कम्पनीको आइतबार पनि सर्वाधिक अर्थात ५६ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । दिनभरमा कम्पनीको ८ लाख २७ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ । कारोबारसँगै कम्पनीको सेयर मूल्य पनि बढेको छ [&hellip;]</p>

काठमाडौं । आइतबारको बजारमा पनि हिमालयन रि इन्स्योरेन्सको सर्वाधिक कारोबार भएको छ । गत बिहीबार पनि सर्वाधिक कारोबार भएको कम्पनीको आइतबार पनि सर्वाधिक अर्थात ५६ करोड ७९ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

दिनभरमा कम्पनीको ८ लाख २७ हजार ७३८ कित्ता सेयर किनबेच भएको छ ।

कारोबारसँगै कम्पनीको सेयर मूल्य पनि बढेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता २९ रुपैयाँले बढेर प्रतिकित्ता ६८२ रुपैयाँमा अन्तिम कारोबार भएको छ ।

समग्रमा आइतबारको बजार दोहोरो अंकले घटेको छ । सेयर मूल्य मापक नेप्से परिसूचक २५.६३ अंकले घटेर २१३०.१८ बिन्दुमा झरेको छ । जुन गत बिहीबारको तुलनामा १.१८ प्रतिशतले घटी हो ।

आइतबार परिसूचकसँगै कारोबार रकम पनि घटेको छ । गत बिहीबार ८ अर्ब १७ करोडको कारोबार भएको बजारमा आइतबार ७ अर्ब ६७ करोड रुपैयाँमा सीमित भएको छ ।

घटेको बजारमा पनि चार कम्पनीको सेयर सर्किट लेभलमा कारोबार भएको छ । आँखुखोला जलविद्युत कम्पनीको ९.९७ प्रतिशत, समाज लघुवित्त वित्तीय संस्थाको ९.९७ प्रतिशत, हिमालयन जलविद्युत कम्पनीको ९.९४ प्रतिशत र मिडसोलु हाइड्रोपावरको सेयर मूल्य ९.७८ प्रतिशतले बढेको छ ।

टप लुजरको शीर्ष स्थानमा भने सीईडीबी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी रहेको छ । जसको सेयर मूल्य ८.२७ प्रतिशतले घटेर प्रतिकित्ता १०६० रुपैयाँमा झरेको छ । बजारमा हाइड्रोपावर र अन्य समूह बाहेक बाँकी समूह राताम्मे देखिएका छन् ।

अधिकांश वाणिज्य बैंकले नाफा घटेको रिपोर्ट सार्वजनिक गरेसँगै त्यसको प्रभाव सेयर बजारमा परेको बुझिन्छ । बैंकहरूको खराब कर्जा वृद्धि र ब्याज आम्दानी घटेका कारण चालु आवको ६ महिना अर्थात पुस मसान्तमा बैंकहरूको नाफा १० प्रतिशतले घटेको देखिन्छ ।

Share News