काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)को अध्यक्ष नियुक्तिका लागि नाम सिफारिस गर्न समिति गठन गरिएको छ । बुधवार बसेको मन्त्रिपरिषद् बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठको संयोजकत्वमा तीन सदस्यीय सिफारिस समिति गठन गरिएको अर्थमन्त्रालयले जानकारी दिएको छ
समितिको सदस्यमा अर्थ मन्त्रालयका सचिव डा.कृष्णहरि पुष्कर र विज्ञ सल्लाहकारका रुपमा शंकरदेव क्याम्पसका प्राध्यापक उदय निरौला रहेका छन् । तत्कालीन अध्यक्ष रमेश हमालको गत पुस २० गते पदावधि सकिएपछि सेबोन अध्यक्षविहीन छ ।
अब समितिले अध्यक्ष छनोट सम्बन्धि कार्यविधि बनाइ विज्ञापन आह्वान गर्नेछ । सबै प्रक्रिया पुर्याएर ३ जनाको नाम मन्त्रीपरिषदमा लैजाने छ ।