काठमाडौं । नबिल स्टक डिलरको चालु आर्थिक वर्ष २०७९/८०को दोस्रो त्रैमासमा खुद नाफा ११.५१ प्रतिशत बढेर ६ करोड ६७ लाख ५९ हजार रुपैयाँ गरेको छ । गत वर्षको सोही अवधिमा कम्पनीले ५ करोड ९८ लाख ६६ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।
पुस मसान्तसम्म कम्पनीको कुल आम्दानी ९ करोड ४७ लाख २२ हजार रुपैयाँ छ । गत वर्षको सोही अवधिमा कम्पनीको कुल आम्दानी ९ करोड ८९ लाख ८७ हजार रुपैयाँ कुल आम्दानी गरेको थियो ।
सञ्चालन नाफा ७ करोड ३५ लाख रुपैयाँ, कुल नाफा ९ करोड ३७ लाख रुपैयाँ रहेको छ । पुस मसान्तसम्म कम्पनीको चुक्ता पुँजी १ अर्ब ५२ करोड रुपैयाँ र जगेडा कोष १२ करोड ६६ लाख रुपैयाँ रहेको छ ।
कम्पनीको प्रतिसेयर आम्दानी ८.७८ रुपैयाँ छ भने प्रतिसेयर नेटवर्थ १०८.३३ रुपैयाँ छ ।