ओटीसी बजारमा ६३ करोड ६५ लाखको सेयर कारोबार, कसको कति ?

<p>काठमाडौं । गत तीन महिनामा ओटीसी बजारमा कूल ६३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमास अर्थात कार्त्तिकदेखि पुससम्ममा ओटीसी बजारमार्फत सो रकम बराबरको कारोबार भएको हो । समीक्षा अवधिमा ५९ लाख ६७ हजार २२० कित्ता सेयर किनबेच भएका छन् [&hellip;]</p>

काठमाडौं । गत तीन महिनामा ओटीसी बजारमा कूल ६३ करोड ६५ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)का अनुसार चालु आर्थिक वर्ष २०८०/८१ को दोश्रो त्रैमास अर्थात कार्त्तिकदेखि पुससम्ममा ओटीसी बजारमार्फत सो रकम बराबरको कारोबार भएको हो ।

समीक्षा अवधिमा ५९ लाख ६७ हजार २२० कित्ता सेयर किनबेच भएका छन् ।

नेप्सेका अनुसार वि.सं. २०७२ माघ १८ गतेदेखि हालसम्म २२६ वटा कम्पनीहरु ओटीसी बजारमा दर्ता भएका छन् ।

ओटीसी बजारमा नेप्सेमा सूचीकरण नभएका कम्पनी, सूचीकरण खारेज भएका कम्पनी तथा सूचीकरणका लागि आवश्यक शर्तहरु पुरा गर्न नसकेका पब्लिक कम्पनीहरुको सेयर कारोबार तथा नामसारी हुँदै आएको छ ।

कसको कति ?
[pdf id=458899]

Share News