काठमाडौं । आइतबारको सेयर बजारमा हरियाली छाएको छ । कारोबार शुरु भएदेखि परिसूचक उकालो लागेसँगै बजारमा हरियाली छाएको हो ।
कारोबार शुरु भएको साढे दुई घण्टाको अवधिमा सेयर मूल्य मापक नेप्से परिसूचक ५३.१८ अंकले बढेको छ । जुन अघिल्लो कारोबारको तुलनामा २.५० प्रतिशतले बढी हो भने परिसूचक २१७३.८० बिन्दुमा पुगेको छ ।
यो समाचार तयार पर्दासम्म ५ अर्ब ४१ करोड रुपैयाँ बराबरको सेयर कारोबार भइसकेको छ । २२५ कम्पनीको सेयर मूल्य बढेको छ भने २० वटा कम्पनीको मूल्य घटेको छ ।