काठमाडौं । ग्रीनलाईफ हाइड्रोपावरको सेयरको लक इन पिरियड फागुन ६ गतेदेखि समाप्त हुने भएको छ । संस्थापक सेयरधनी तथा सर्वसाधारणतर्फ आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दा र कर्मचारीहरूको स्वामित्वमा रहेको सेयरको लक इन अवधि समाप्त हुन लागेको कम्पनीले जनाएको छ ।
संस्थापक समूहको १ करोड ४४ लाख कित्ता, आयोजना प्रभावित क्षेत्रका स्थानीय वासिन्दाको १ लाख ३ हजार ६ सय कित्ता र कर्मचारीहरूको ६९ हजार ९२८ कित्ता गरी कूल १ करोड ४५ लाख ७३ हजार ५२८ कित्ता सेयरको लक इन अवधि सकिन लागेको कम्पनीले जनाएको छ ।
संचालक तथा कम्पनीको उच्च व्यबस्थापकीय पदमा कार्यरत कर्मचारीहरूको हकमा नियमानुसार सेयर रोक्का रहने कम्पनीले जनाएको छ ।
लकइन अवधि समाप्त भएपछि ती सेयर साधारणमा रुपान्तरण भइ सोही मूल्यमा कारोबार सुरु हुनेछ । लकइन समाप्त हुने सम्बन्धमा हालै धितोपत्र बोर्डले १ महिनाअघि सार्वजनिक सूचना जारी गर्नुपर्ने व्यवस्था गरेपछि कम्पनीहरुले यसलाई लागू गर्न थालेका हुन् ।