काठमाडौं । शिवम् सिमेन्ट्सको १५ प्रतिशत लाभांश पारित भएको छ । । कम्पनीको आठौं वार्षिक साधारण सभाले आ.व. २०७९/०८० सम्मको संचित मुनाफाबाट सेयरधनीलाई १५ प्रतिशतका दरले लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
कम्पनीको सञ्चालक समितिका अध्यक्ष गौरव गोयलको अध्यक्षतामा सम्पन्न सभाले सञ्चालक समितिले प्रस्ताव गरेका सामान्य प्रस्ताव र विशेष प्रस्तावहरु पारित गरेको छ ।
१५ प्रतिशतमा १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका ०.७५ प्रतिशत नगद लाभांश रहेको थियो । सभाले उक्त लाभांश पारित गरेपछि कम्पनीको चुक्ता पुँजी ५ अर्ब २ करोड ७० लाख रुपैयाँ पुगेको छ ।
हाल कम्पनीको अधिकृत पुँजी ७ अर्ब र जारी तथा चुक्ता पूँजी ४ अर्ब ४० करोड रुपैयाँ रहेकोमा १४.२५ प्रतिशतका का दरले बोनस सेयर वितरण गरे पश्चात कम्पनीको जारी तथा चुक्ता पूँजीमा बृद्धि भई ५ अर्व २ करोड ७० लाख कायम हुनेछ ।