साल्ट ट्रेडिङ्गको १५.७९ प्रतिशत लाभांश घोषणा

<p>काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको [&hellip;]</p>

काठमाडौं । साल्ट ट्रेडिङ्ग कर्पाेरेशनले लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २५ गते बसेको बैठकले १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो ।

कम्पनीले आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७९ प्रतिशत नगद गरी कूल १५.७९ प्रतिशत लाभांश लाभांश प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपश्चात् सेयरधनीहरूलाई वितरण गरिनेछ ।

Share News