वोन्डर्स नेपालले आईपीओ जारी गर्ने

<p>काठमाडौं । काठमाडौंको कमलादीस्थित वोन्डर्स नेपालले आईपीओ जारी गर्ने भएको छ । पुस २५ गते सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि आईपीओ जारी गर्ने प्रस्तावलाई पारित गरेको हो । कम्पनीकै रजिष्टर्ड कार्यालय स्काईवाक नेपाल कमलादी परिसरमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ । कम्पनीका [&hellip;]</p>

काठमाडौं । काठमाडौंको कमलादीस्थित वोन्डर्स नेपालले आईपीओ जारी गर्ने भएको छ । पुस २५ गते सम्पन्न कम्पनीको छैटौं वार्षिक साधारण सभाले कम्पनीलाई पब्लिक लिमिटेडमा परिवर्तन गरि आईपीओ जारी गर्ने प्रस्तावलाई पारित गरेको हो ।

कम्पनीकै रजिष्टर्ड कार्यालय स्काईवाक नेपाल कमलादी परिसरमा सम्पन्न उक्त सभाले आर्थिक वर्ष २०८०/८१ को वित्तीय विवरण पारित गरेको छ ।

कम्पनीका प्रोजेक्ट डाईरेक्टरले स्काईवाक टावरमा ३६० डिग्री भ्यू देखिने गरि रेस्टुरेन्ट र क्लब निर्माण भईरहेको बताए । त्यस्तै, सिटी बन्जी जम्प लगायत थप साहसिक गतिविधि विस्तार गरि सेवाको दायरा फराकिलो बनाउदै लैजाने उनले बताए ।

Share News