काठमाडौं । बुधबारको सेयर बजारमा तीव्र उतारचढाव देखिएको छ । दिनभरको बजारमा बढेर २११६ बिन्दुमा पुगेको परिसूचक अन्तिममा २०८९.६२ बिन्दुमा झरेको छ ।
समग्रमा बुधबारको नेप्से परिसूचक मंगलबारको तुलनामा ९.५० अंकले बढेर २०८९.६२ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा ०.४५ प्रतिशतले बढेको छ ।
बजारमा ५ अर्ब १३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जुन मंगलबारको तुलनामा घटी हो । मंगलबारको बजारमा ६ अर्ब ११ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको थियो ।
सो दिन ९ वटा कम्पनीको १० करोडमाथिको सेयर कारोबार भएको छ । जसमध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक अर्थात ३२ करोड ७८ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । जसको सेयर मूल्य बढेर प्रतिकित्ता ५२७ रुपैयाँ पुगेको छ ।
बुधबार ५ कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्थाको १० प्रतिशत, हिमालयन रि इन्स्योरेन्सको १० प्रतिशत, मुक्तिनाथ कृषि कम्पनी र नेपाल वेयरहाउजिङ्ग कम्पनीको ९.९९ प्रतिशत र न्यादी ग्रुप पावरको ९.९६ प्रतिशतले सेयर मूल्य बढेको छ ।
बजारमा ११८ कम्पनीको सेयर मूल्य बढ्दा ११८ कम्पनीको सेयर मूल्य घटेको छ । त्यस्तै, ११ कम्पनीको सेयर मूल्य भने मंगलबारको तुलनामा स्थीर रहेको छ ।
बिहीबार छिमेक लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.९५ प्रतिशतले घटेर प्रतिकित्ता ८०८.८० रुपैयाँमा झरेको छ ।