काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा सानिमा बैंकको बोनस सेयर सूचीकृत भएको छ । बैंकको ९ प्रतिशत बोनस सेयर बुधबार नेप्सेमा सूचीकृत भएको हो ।
यससँगै नेप्सेमा बैंकको थप एक करोड १२ लाख १४ हजार १०३ कित्ता बोनस सेयर थपिएको छ । जुन अबको सेयर बजारमा किनबेच गर्न मिल्ने छ ।