काठमाडौं । माउन्टेन हाइड्रो नेपालको प्रस्तावित शतप्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ । पुस २३ गते सम्पन्न कम्पनीको आठौं वार्षिक साधारणसभाले सञ्चालक समितिको उक्त प्रस्तावलाई पारित गरेको हो ।
साधारणसभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतवेदन र लेखा परीक्षकका प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९ ०८० को वार्षिक आर्थिक विवरण (वासलात, नाफा नोक्सान हिसाव तथा नगद प्रवाह लगायतका वित्तीय विवरणहरु) माथि छलफल गरी पारित गरेको छ ।
त्यसैगरि, सभाले आर्थिक वर्ष २०८०/८१ को लागि लेखापरीक्षक नियुक्ति समेत गरेको छ । सभाले अन्य कुनै जलविद्युत् आयोजनालाई प्राप्ती गर्ने तथा एक आपसमा गाभ्ने प्रस्ताव पारित गरेको छ ।