नेप्से परिसूचक बढ्दा सेयर कारोबार घट्यो

<p>काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचक बढेको छ भने कारोबार रकम घटेको छ । बजारमा परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.८० प्रतिशतले बढी हो । आइतबारको तुलनामा सोमबारको बजारमा कारोबार रकम घटेको छ । आइतबार ५ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ४ [&hellip;]</p>

काठमाडौं । सोमबारको बजारमा नेप्से परिसूचक बढेको छ भने कारोबार रकम घटेको छ । बजारमा परिसूचक ३६.५७ अंकले बढेर २०५९.४९ बिन्दुमा पुगेको छ । जुन अघिल्लो दिनको तुलनामा १.८० प्रतिशतले बढी हो ।

आइतबारको तुलनामा सोमबारको बजारमा कारोबार रकम घटेको छ । आइतबार ५ अर्ब २४ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको बजारमा सोमबार ४ अर्ब ६७ करोड रुपैयाँको मात्रै कारोबार भएको छ । जुन अघिल्लो दिनको तुलनामा ५७ करोड रुपैयाँले घटी हो ।
कारोबारमा आएका कम्पनीमध्ये सबैभन्दा बढी कारोबार सोनापुर मिनरल्स एण्ड आयलको भएको छ । कम्पनीको एकैदिन २१ करोड ८४ लाख रुपैयाँ बराबरको सेयर कारोबार भएको हो ।

बजारमा २१२ कम्पनीको सेयर मूल्य बढेको छ । जसमध्ये १५ वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेर सर्किट लेभलमा कारोबार भएको छ । २९ वटा कम्पनीको सेयर मूल्य घट्दा नारायणी डेभलपमेन्ट बैंकको सेयर मूल्य सबैभन्दा बढी अर्थात ५.४६ प्रतिशतले घटेको छ ।

सोमबार म्युचुअल फण्ड बाहेक बाँकी समूह हरिया देखिएका छन् ।

Share News