माउन्टेन इनर्जीले घोषणा गर्याे १५.७८ प्रतिशत लाभांश

<p>काठाडौं । माउन्टेन इनर्जी नेपालले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले १५.७८९५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको हो । कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ [&hellip;]</p>

काठाडौं । माउन्टेन इनर्जी नेपालले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई लाभांश घोषणा गरेको छ । कम्पनीको सञ्चालक समितिको पुस २२ गते बसेको बैठकले १५.७८९५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।

कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७८९५ प्रतिशत नगद गरी कूल १५.७८९५ प्रतिशत लाभांश बाँड्ने प्रस्ताव गरेको हो ।

कम्पनीले प्रस्ताव गरेको उक्त लाभांश आगामी वार्षिक साधारणसभाले पारित गरेपछि सेयरधनीहरूलाई वितरण गरिने कम्पनी सचिव सम बहादुर भट्टले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्ष २०७८÷७९मा भने कम्पनीले १०.५२६३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

Share News