२६ अंकले घट्यो नेप्से परिसूचक, कारोबार रकम ५ अर्बमा सीमित

<p>काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक २६ अंकले घटेको छ । बजारमा परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२८ प्रतिशतले घटी हो । बजारमा कारोबार रकम ५ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । कारोबारमा आएका ३०४ वटा स्क्रीप्समध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको [&hellip;]</p>

काठमाडौं । सेयर मूल्य मापक नेप्से परिसूचक २६ अंकले घटेको छ । बजारमा परिसूचक २६.३६ अंकले घटेर २०२२.९२ बिन्दुमा झरेको छ । जुन अघिल्लो कारोबारको तुलनामा १.२८ प्रतिशतले घटी हो ।

बजारमा कारोबार रकम ५ अर्ब २४ करोड रुपैयाँमा सीमित भएको छ । कारोबारमा आएका ३०४ वटा स्क्रीप्समध्ये सोनापुर मिनिरल्स एण्ड आयलको सर्वाधिक कारोबार भएको छ । कम्पनीको एकैदिन २८ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको हो ।

घटेको बजारमा पनि ८ कम्पनीको सेयर मूल्य ९ प्रतिशतभन्दा बढीले बढेको छ । सबैभन्दा बढी तेह्रथुम पावर कम्पनीको १० प्रतिशत, मुक्तिनाथ कृषि कम्पनीको ९.९९ प्रतिशत, नेपाल वेयरहाउजिङ्ग कम्पनीको ९.९८प्रतिशत, धौलागिरी लघुवित्त वित्तीय संस्थाको ९.९६ प्रतिशत, सिंगटी हाइड्रो इनर्जीको ९.९६ प्रतिशत, नेपाल हाइड्रो डेभलपर्सको ९.७७ प्रतिशत, माथिल्लो मैलुन खोला जलविद्युतको ९.७१ प्रतिशत र विध्यावासिनी हाइड्रोपावर डेभलपमेन्ट कम्पनीको सेयर मूल्य ९.६१ प्रतिशतले बढेको छ ।

बजारमा सबैभन्दा बढी मानुषी लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ६.६९ प्रतिशतले घटेर प्रतिकित्ता ७१०.१० रुपैयाँमा झरेको छ ।

Share News