काठमाडौं । एपोलो हाईड्रोपावरले सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्ने भएको छ ।
कम्पनीले १४ लाख १० हजार कित्ता साधारण सेयर प्रत्याभूति ब्यवस्थापनको कार्य गर्न मुक्तिनाथ क्यापिटलसँग सम्झौता गरेको छ ।
उक्त सम्झौता पत्रमा कम्पनीको तर्फबाट कार्यकारी अध्यक्ष आङ तेन्जी शेर्पा र मुक्तिनाथ क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत कबिन्द्र ध्वज जोशीले हस्ताक्षर गरेका छन् ।
कम्पनीले निमार्ण गरी रहेको बुकु खोला जलविद्युत आयोजना ओखलढुङ्गा जिल्लाको खिजिदेम्बा गाउँपालिका, सोलुखुम्बु जिल्लाको लिखुपिके गाउँपालिका र रामेछाप जिल्लाको उमाकुण्ड गाउँपालिका भई बग्ने बुकु खोलाको पानी उपयोग गरी ६ मेगावाट विद्युत उत्पादन क्षमता रहेको छ ।
यस कम्पनीले नेपाल विद्युत प्राधिकरणसँग मिति २०७५ साल साउन २२ गते विद्युत खरिद सम्झौता गरी उक्त आयोजनाको निमार्ण कार्य ५५ प्रतिशत सम्पन्न गरिसकेको छ ।