३ बैंकसहित ७ कम्पनीको आज सेयर खरिद गरे लाभांश पाइने

<p>काठमाडौं । बुधबार विभिन्न ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेपाल टेलिकम (एनटिसी), शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ यी कम्पनीहरूले पुस १९ गते [&hellip;]</p>

काठमाडौं । बुधबार विभिन्न ७ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । नेपाल टेलिकम (एनटिसी), शिवम् सिमेन्ट्स, ग्लोबल आइएमई लघुवित्त, मुक्तिनाथ विकास बैंक, महालक्ष्मी विकास बैंक, लक्ष्मी सनराइज बैंक र बुटवल पावर कम्पनीको लाभांश सुरक्षित गर्ने आज पुस १८ गते अन्तिम दिन हो ।

साधारणसभा तथा लाभांश प्रयोजनार्थ यी कम्पनीहरूले पुस १९ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् ।

लक्ष्मी सनराइज बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरुलाई हाल कायम चुक्ता पुँजीको ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.३७ प्रतिशत नगद गरी कूल ७.३७ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न २३औं वार्षिक साधारणसभा पुस २६ गते अग्रवाल भवन कमलपोखरी काठमाडौंमा दिनको २ बजे बोलाएको हो ।

मुक्तिनाथ विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई हाल कायम चुक्ता पुँजी ६ अर्ब ४२ करोड ९ लाख रुपैयाँको ९.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.५१३२ प्रतिशत नगद गरी कूल १०.२६३२ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न १७औं वार्षिक साधारणसभा पुस २८ गते सिटी स्क्वायर न्यूरोड काठमाडौंमा दिनको १ बजे बोलाएको हो ।

महालक्ष्मी विकास बैंकले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पुँजी ४ अर्ब १७ करोड रुपैयाँको ६.४० प्रतिशत अर्थात् २६ करोड ६९ लाख रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको छ । बैंकले लाभांश पारित गर्न २२औं वार्षिक साधारणसभा पुस २८ गते लैनचौर ब्याङ्क्वेट काठमाडौंमा बोलाएको हो ।

ग्लोबल आइएमई लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट कायम चुक्ता पूँजी ६१ करोड ८९ लाख रुपैयाँको १० प्रतिशत नगद (कर सहित) लाभांश प्रस्ताव गरेको हो । लाभांश पारित गर्न पुस २९ गते लेकसाइड पोखरामा ११औँ वार्षिक साधारण सभा बोलाएको छ ।

नेपाल टेलिकमले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट सेयरधनीहरूलाई ४० प्रतिशतका दरले नगद लाभांश प्रस्ताव पारित गर्नेछ । उक्त लाभांश पारित गर्न पुस २९ गते १६औं वार्षिक साधारणसभा राष्ट्रिय सभा गृह काठमाडौंमा बिहान ११ बजे बोलाएको हो ।

शिवम् सिमेन्टले गत वर्षको नाफाबाट १४.२७ प्रतिशत बोनस र ०.७५ प्रतिशत नगद (कर प्रयोजनको लागि) गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २७ गते बिहान ९ बजे काठमाडौंको राष्ट्रिय सभा गृहमा आठौं वार्षिक साधारण सभा डाकेको हो ।

बुटवल पावर कम्पनीले गत वर्षको नाफाबाट सेयरधनीहरूलाई ५ प्रतिशतका दरले नगद लाभांश वितरणको प्रस्ताव गरेको छ । लाभांश पारित गर्न कम्पनीले ३१औं वार्षिक साधारणसभा पुस २९ गते बिहान ११ बजे काठमाडौंमा बोलाएको हो ।

Share News