शुभम पावरलाई साधारण सभा गर्न समस्या, समय थप्न माग

<p>काठमाडौं । शुभम पावरलाई वार्षिक साधारण सभा गर्न समस्या भएको छ । गत असारमा २ गते आएको बाढीले कम्पनीले सञ्चालनमा ल्याएको तल्लो पिलुवा खोला साना जलविद्युत् आयोजनामा क्षति पुर्याएसँगै कम्पनीलाई आगामी वार्षिक साधारण सभा गर्न समस्या भएको हो । उक्त बाढीले क्षति पुर्याएको र सोको पुनः निमार्ण कार्य तीव्र गतिमा भइ रहेको तथा बीमा दावीको [&hellip;]</p>

काठमाडौं । शुभम पावरलाई वार्षिक साधारण सभा गर्न समस्या भएको छ । गत असारमा २ गते आएको बाढीले कम्पनीले सञ्चालनमा ल्याएको तल्लो पिलुवा खोला साना जलविद्युत् आयोजनामा क्षति पुर्याएसँगै कम्पनीलाई आगामी वार्षिक साधारण सभा गर्न समस्या भएको हो ।

उक्त बाढीले क्षति पुर्याएको र सोको पुनः निमार्ण कार्य तीव्र गतिमा भइ रहेको तथा बीमा दावीको टुङ्गो लागि नसकेकोले कम्पनीले म्याद थप गरिदिन माग गरेको छ । कम्पनीले आगामी ३ महिना थप गर्नको लागि स्वीकृति दिन कम्पनी रजिष्ट्रार कार्यालयसँग अनुरोध गरेको छ ।

कम्पनी ऐन अनुसार कम्पनीको साधारण सभा आर्थिक वर्ष समाप्त भएको ३ महिनाभित्र अर्थात पुस मसान्तभित्र गरी सक्नुपर्ने छ ।

Share News