काठमाडौं । मंगलबार विभिन्न ४ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल ), युनिभर्सल पावर कम्पनी, कालिका पावर कम्पनी र जीवन विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज पुस १७ गते अन्तिम दिन हो ।
साधारणसभा तथा लाभांश प्रयोजनार्थ यी कम्पनीहरूले पुस १८ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् ।
एचआइडीसीएलले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजी २२ अर्ब ७७ करोड ५७ लाख रुपैयाँको ५.२६ प्रतिशत अर्थात् १ अर्ब १९ करोड ८७ लाख २६ हजार २८३ रुपैयाँ रुपैयाँ बराबरको नगद लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न पुस २९ गते १२ औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।
यूनिभर्सल पावर कम्पनीले हाल कायम चुक्ता पुँजीको ८.५५ प्रतिशत बोनस सेयर र ०.४५ प्रतिशत नगद गरी कूल ९ प्रतिशत लाभांश प्रस्ताव गरेको हो । उक्त लाभांश पारित गर्न कम्पनीले पुस २९ गते काठमाडौंमा दिउँसो १२ः१५ बजे प्रथम वार्षिक साधारणसभा आह्वान गरेको छ ।
कालिका पावरले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद गरी कूल १०.६२६३ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न पुस २८ दियालो फुडल्याण्ड चितवन भरतपुरमा वार्षिक साधारणसभा बिहान ११ बजे डाकेको छ ।
जीवन विकास लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट चुक्ता पूँजी १ अर्ब १८ करोड २० लाख ३४ हजार रुपैयाँको १४ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७३६९ प्रतिशत नगद गरी कूल १४.७३६९ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २९ गते केन्द्रिय कार्यालय कटहरी मोरङ्गमा पाँचौ वार्षिक साधारणसभा बोलाएको छ ।