शतप्रतिशत हकप्रद निष्काशन गर्न सिँगटी हाइड्रोले तोक्यो बुक क्लोजको मिति

<p>काठमाडौं । सिँगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयरको लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १३ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो । यससँगै पुस २१ गते वा त्यसभन्दा अघिको कार्यदिनसम्म सेयर किन्ने वा होल्ड गर्नेले कम्पनीको शतप्रतिशत हकप्रद सेयर [&hellip;]</p>

काठमाडौं । सिँगटी हाइड्रो इनर्जीले शतप्रतिशत हकप्रद सेयरको लागि बुक क्लोजको मिति तय गरेको छ । पुस १३ गते बिहान बसेको कम्पनीको सञ्चालक समितिको बैठकले आगामी पुस २२ गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको हो ।

यससँगै पुस २१ गते वा त्यसभन्दा अघिको कार्यदिनसम्म सेयर किन्ने वा होल्ड गर्नेले कम्पनीको शतप्रतिशत हकप्रद सेयर भर्न पाउने छन् । पुस २१ गते शनिबार रहेकोले पुस १९ गतेसम्म सेयर होल्ड गर्नेहरु उक्त सेयरमा आवेदन दिन योग्य हुनेछन् ।

Share News