एकैदिन ६ कम्पनीको सेयर मूल्य समायोजन

<p>काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन ६ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सूचीकृतमध्ये ६ वटा कम्पनीको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । जसमा हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त वित्तीय संस्था, घोराही सिमेन्ट इन्डष्ट्री, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र राधी विद्युत् कम्पनीको रहेका छन् । [&hellip;]</p>

काठमाडौं । नेपाल स्टक एक्स्चेञ्ज (नेप्से)मा एकैदिन ६ वटा कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सूचीकृतमध्ये ६ वटा कम्पनीको बोनस सेयरको लागि मूल्य समायोजन भएको हो ।

जसमा हिमालयन डिष्टिलरी, साना किसान विकास लघुवित्त वित्तीय संस्था, घोराही सिमेन्ट इन्डष्ट्री, सर्पोट माइक्रोफाइनान्स वित्तीय संस्था, आत्मनिर्भर लघुवित्त वित्तीय संस्था र राधी विद्युत् कम्पनीको रहेका छन् ।

जसमध्ये हिमालयन डिष्टिलरीको १० प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको हो । यससँगै कम्पनीको समायोजित सेयर मूल्य प्रतिकित्ता १७२५.४५ रुपैयाँ कायम भएको छ । बिहीबारको बजारमा कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता १८९८ रुपैयाँमा भएको थियो ।

साना किसान विकास लघुवित्तको पनि १४.२५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । बिहीबार प्रतिकित्ता १०१४.९० रुपैयाँमा अन्तिम कारोबार भएको संस्थाको सेयर मूल्य समायोजन पछि प्रतिकित्ता ८८८.३२ रुपैयाँमा सीमित भएको छ ।

त्यस्तै, १५ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको घोराही सिमेन्टको समायोजित मूल्य प्रतिकित्ता ५०२.६१ रुपैयाँ कायम भएको छ । बिहीबार कम्पनीको अन्तिम कारोबार प्रतिकित्ता ५७८ रुपैयाँमा भएको थियो ।

सर्पोट माइक्रोफाइनान्सको १३ प्रतिशत बोनसको लागि मूल्य समायोजन भएको छ । बिहीबार प्रतिकित्ता १०८० रुपैयाँमा अन्तिम कारोबार भएको कम्पनीको सेयर मूल्य समायोजन भएसँगै प्रतिकित्ता ९५५.७५ रुपैयाँ कायम भएको छ ।

आत्मनिर्भर लघुवित्तको पनि १० प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको छ । जसको समायोजित मूल्य प्रतिकित्ता १६५९.०९ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी, राधीको पनि बिहीबार नै सेयर मूल्य समायोजन भएको छ । कम्पनीको ४.७५ प्रतिशत बोनस सेयरको लागि मूल्य समायोजन भएको हो । प्रतिकित्ता २३९.५० रुपैयाँ रहेको कम्पनीको सेयर मूल्य समायोजन भएसँगै घटेर प्रतिकित्ता २२८.६४ रुपैयाँमा झरेको छ ।

यससँगै अबको बजारमा यी सबै कम्पनीको पहिलो कारोबार समायोजित मूल्यको आधारमा हुनेछ ।

Share News