सिंगटी हाइड्रोलाई हकप्रद निष्काशन गर्न बोर्डको अनुमति

<p>काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँ दरका एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो । बोर्डले पुस ११ गते मात्रै कम्पनीलाई उक्त सेयर निष्काशनको लागि अनुमति दिएको हो । हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ [&hellip;]</p>

काठमाडौं । सिंगटी हाइड्रो इनर्जीले हकप्रद सेयर निष्काशन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता एक सय रुपैयाँ दरका एक करोड ४५ लाख कित्ता हकप्रद सेयर निष्काशन गर्न अनुमति दिएको हो ।

बोर्डले पुस ११ गते मात्रै कम्पनीलाई उक्त सेयर निष्काशनको लागि अनुमति दिएको हो ।

हाल कम्पनीको चुक्ता पुँजी एक अर्ब ४५ करोड रुपैयाँ छ । हकप्रद सेयर निष्काशनपछि कम्पनीको चुक्ता पुँजी २ अर्ब ९० करोड रुपैयाँ नाघ्ने छ ।

Share News