झापा इनर्जीले ७ लाख ८६ हजार कित्ता जगेडा सेयर बेच्दै

<p>काठमाडौं । झापा इनर्जीले जगेडा सेयर बिक्री गर्ने भएको छ । कम्पनीलाई पुँजी आवश्यक परेका कारण जगेडा सेयर बिक्री गर्ने भएको हो । कम्पनीका अनुसार पुँजी आवश्यकता भएकाले जगेडा सेयरमध्ये हाललाई ७ लाख ८६ हजार ७११ कित्ता सेयर जगेडा सेयर बिक्री गर्ने निर्णय भएको छ । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको [&hellip;]</p>

काठमाडौं । झापा इनर्जीले जगेडा सेयर बिक्री गर्ने भएको छ । कम्पनीलाई पुँजी आवश्यक परेका कारण जगेडा सेयर बिक्री गर्ने भएको हो ।

कम्पनीका अनुसार पुँजी आवश्यकता भएकाले जगेडा सेयरमध्ये हाललाई ७ लाख ८६ हजार ७११ कित्ता सेयर जगेडा सेयर बिक्री गर्ने निर्णय भएको छ । कम्पनीको उक्त सेयरको मूल्य प्रतिकित्ता १ सय रुपैयाँ तोकिएको छ ।

उक्त सेयर खरिद गर्न सेयरधनीहरूलाई ३० दिनभित्र आवेदन पेश गर्न कम्पनीले आग्रह गरेको छ । यदि सो समयमा जगेडा सेयरधनीहरुले सकार गर्न बाँकी रहेमा सेयरधनीभन्दा बाहिरका लगानीकर्तालाई बिक्री गर्ने कम्पनीले बताएको छ ।

Share News