३ लघुवित्तसहित ८ कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन, कुनको कति ?

<p>काठमाडौं । बिहीबार विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर, हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम दिन हो । साधारणसभा तथा लाभांश प्रयोजनार्थ आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर, हिमालयन डिष्टिलरीले पुस [&hellip;]</p>

काठमाडौं । बिहीबार विभिन्न ८ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर, हिमालयन डिष्टिलरी, राधी विद्युत, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तको लाभांश सुरक्षित गर्ने आज पुस १२ गते अन्तिम दिन हो ।

साधारणसभा तथा लाभांश प्रयोजनार्थ आइसिएफसि फाइनान्स, सिक्लेस हाइड्रोपावर, हिमालयन डिष्टिलरीले पुस १३ गते, राधी विद्युतले पुस १५ गते, आत्मनिर्भर लघुवित्त, घोराही सिमेन्ट, सपोर्ट लघुवित्त र साना किसान विकास लघुवित्तले पुस १६ गते सेयरधनी किताब बन्द (बुक क्लोज)गर्ने निर्णय गरेका छन् । त्यसैले आजसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा आजसम्म सेयर खरिद गर्नेले लाभांश प्राप्त गर्नेछन् ।

आइसिएफसि फाइनान्सले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पूँजी १ अर्ब १८ करोड ३४ लाख ७० हजार रुपैयाँको ६.५० प्रतिशत नगद लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न फाइनान्सले पुस २९ गते आम्रपाली ब्यांक्वेट काठमाडौंमा २० औँ वार्षिक साधारणसभा बिहान १० बजे बोलाएको छ ।

सिक्लेस हाइड्रोपावरले चुक्ता पुँजीको ६ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । उक्त लाभांश पारित गर्न पुस २७ गते काठमाडौंमा बिहान ११ बजे १९औं वार्षिक साधारणसभा आह्वान गरेको छ ।

राधी विद्युत कम्पनीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको ४.७५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.२५ प्रतिशत नगद गरी कूल ५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २९ गते प्रथम वार्षिक साधारणसभा बिहान ११ बजे काठमाडौंमा बोलाएको हो ।

घोराही सिमेन्ट इण्डष्ट्रीले हाल कायम चुक्ता पुँजीको १५ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव गरेको छ । कम्पनीले उक्त लाभांश पारित गर्न पुस २८ गते दाङको घोराहीमा तेस्रो वार्षिक साधारणसभा बिहान ९ बजे बोलाएको हो ।

हिमालयन डिष्टिलरीले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित १५ प्रतिशत नगद गरी कूल २५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । लाभांश पारित गर्न २३औं वार्षिक साधारणसभा पुस २५ गते रजिष्टर्ड कार्यालय पर्सामा डाकेको छ ।

आत्मनिर्भर लघुवित्तले चुक्ता पूँजी ६ करोड २३ लाख ३८ हजार रुपैयाँको १० प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न पुस २८ गते दाङमा पाँचौ वार्षिक साधारणसभा बिहान ११ बजे बोलाएको छ ।

सपोर्ट लघुवित्तले गत आर्थिक वर्ष २०७९/८०को नाफाबाट हाल कायम चुक्ता पुँजीको १३ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.६८४२ प्रतिशत नगद गरी कूल १३.६८४२ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न नवौं वार्षिक साधारणसभा पुस २७ गते सुनसरीमा बिहान साढे ९ बजे बोलाएको हो ।

साना किसान विकास लघुवित्तले चुक्ता पुँजीको १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनसहित ०.७५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ । लाभांश पारित गर्न लघुवित्तले २२औं वार्षिक साधारणसभा पुस २९ गते भक्तपुरको बोडेमा बिहान ११ बजे बोलाएको हो ।

Share News