काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावरले हकप्रद सेयर जारी गर्ने भएको छ । उक्त सेयर निष्काशनको लागि हाइड्रोपावरले बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटललाई नियुक्त गरेको छ ।
बुधबार सिटिजन्स क्यापिटल र युनाईटेड मोदी हाइड्रोपावरबीच कमलादीमा हाइड्रोपावरको साविकको सेयरधनीहरुको लागि हकप्रद सेयर निष्काशन सम्बन्धी सम्झौता भएको हो । उक्त सम्झौतामा युनाईटेड मोदी हाइड्रोपावरका तर्फबाट अध्यक्ष नरेन्द्र बल्लभ पन्त तथा सिटिजन्स क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरे ।
सम्झौता अनुसार सिटिजन्स क्यापिटल मार्फत निकट भविष्यमा युनाईटेड मोदी हाइड्रोपावरको हकप्रद सेयर साधारणसभाबाट पारिद भए पश्चात निष्काशन हुनेछ ।
युनाईटेड मोदी हाइड्रोपावर अन्तर्गतको पर्वत जिल्लामा अवस्थित रहेको १० मेगावाट उत्पादन क्षमता रहेको ‘तल्लो मोदी – १ जलविद्युत आयोजना’ २०६९ मंसिर देखि नै संचालनमा आईसकेको छ ।